Logo

चिनियाँ अन्तरीक्ष यानद्वारा चन्द्रमाको १.७३१ ग्राम धुलो संकलन



एजेन्सी, ९ पुस । चिनियाँ अन्तरीक्ष यान चाङ इ फाइभले हालै चन्द्रमाबाट चट्टान र धुलो संकलन गरी सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको थियो । उक्त अन्तरीष यानले चन्द्रमाको सतहबाट १.७३१ ग्राम धुलो संकलन गरी पृथ्वीमा अवतरण गरेको चीन राष्ट्रिय अन्तरीक्ष प्रशासनले जानकारी गराएको छ ।

उक्त धुलोलाई शनिबार चिनियाँ रिसर्च टिमलाई हस्तान्तरण गरेका थियो । चीनद्वारा संकलन गरिएको पहिलो बाहिरी सतहको धुलालाई वैज्ञानिकहरुले विश्लेषण र अनुसन्धान गर्ने भएको छ । यान गत बिहीबार सफलतापूर्वक अवतरण गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot