Logo

चिनियाँ राजदूतको दौडधुपको चर्चा भारतीय मिडियामा



काठमाडौं, ९ पौष । नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि चिनियाँ राजदूत होउ यान्छीको दौडधुपले भारतीय मिडियामा चर्चा पाएको छ । यान्छीले नेकपालाई अझै मिलाउने अन्तिम प्रयास थालेको समेत उल्लेख गरेका छन् ।

नेकपा विभाजन भएपनि एकसाथ चुनाव लड्ने अवस्था बनाउन र सकेसम्म एक बनाउने यान्छीको प्रयास रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मङ्गलबार भेटेको र आज प्रचण्डसँग भेटेको विषय समेत उल्लेख गरेको छ ।

फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप

नेकपालाई चिनियाँ पहलमा एक बनाइएको र अझै पनि एक बनाउने प्रयासस्वरुप यान्छी सक्रिय भएको समाचारमा भनिएको छ । टाइम्स अफ इन्डियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको भरथेग रहेको समेत भनेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्