Logo

सुन जस्तै चम्किने कीरा



गोल्डन गोब्रे किरा उत्तर अमेरिकामा पाइने विशेष छलावरण भएको किरा हो । यस प्रजातीको किरा धातुको उपस्थितिमा सुनको कलरमा चम्किलो शीतको थोपा जस्तै भएर पातमा बसेको हुन्छ ।

यो कीराले पारदर्शी, बाहिरी आवरणमा रहेको नालीमा केही मात्रा तरल भर्छ र सुक्ष्म भल्भहरुको मद्दतले तरललाई नियन्त्रण गर्छ । जब तरल भरीन्छ नालीले बाहिरी आवरणलाई सुर्यतर्फ फर्काउँछ र त्यहाँ विभिन्न रङ्गहरुको प्रतिबिम्ब बनाउछ । यसले वसन्त र गर्मीयाममा चम्किलो सुनको रङ्ग देखाउँछ ।

वर्षा र हिउँदे याममा काँस्य कलर देखाउँछ । यसले अधिक प्रतिबिम्ब बनाएमा सुनको रङ्ग, त्यसभन्दा कम बनाएमा काँस्य रङ्ग र अझ त्यसभन्दा कम बनाएमा सुन्तला रङ्ग देखाउँछ । यसले शिकारीहरुबाट आफूलाई जोगाउन रातो कालो दाग भएको लेडीबगको भेषमा रङ्ग परिवर्तन गर्दछ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot