Logo

चिनियाँ पत्रिकाको दाबीः चिनियाँ खोप बिना कोरोना भाइरस परास्त गर्न असम्भव



एजेन्सी, ९ पुस । चिनियाँ विदेश मामलासम्बन्धी सन्देश प्रवाह गर्दै आएको ग्लोबल टाइम्सले चिनियाँ खोप विना कोराना भाइरसलाई परास्त गर्न विश्वका लागि असम्भव हुने दाबी गरेको छ । उसले चिनियाँ खोपको प्रभावकारिता समेत दाबी गरेको छ ।

ब्राजिल बुटनटन इन्सटिच्युटले चिनियाँ खोप सिनोभ्याक ५० प्रतिशत प्रभावकारी रहेको पत्रिकाले उल्लेख गरेको छ । उक्त प्रतिशतले कोरोना विरुद्व प्रयोग गर्न सकिने जनाइएको छ । आपत्तकालिन अवस्थाको लागि ब्राजिलले सिनोभ्याकलाई कोरोनाविरुद्व प्रयोग गर्न अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोभ्याकले आफ्नो डाटालाई परिक्षण गर्न टर्कि र इन्डोनेसियामा खोप प्रयोग गर्ने भएको छ । तर, पश्चिमी सञ्चारमाध्यमले निरन्तर चिनियाँ खोपलाई पारदर्शिता बनाउन अवाज उठाइरहेको छ ।

ब्राजिल सिनोभ्याकको तेस्रो ट्रायल गर्ने पहिलो देश बनेको थियो । परिक्षणले ५० प्रतिशत प्रभावकारी भएको जनाएको पनि थियो । यसलाई प्रयाृग गर्न अनुमति समेत दिएको छ । उक्त खोपको कुनै पनि साइड इफेक्ट नभएको दाबी समेत गरिएको छ । तर, ब्राजिलले सही डाटालाई सार्वजनिक गर्न केही ढिला गरेको थियो । सिनोभ्याकबाहेक अन्य चार वटा कोरोना विरुद्वको चिनियाँ खोपहरु परिक्षणको क्रममा रहेको छ ।

विश्वभर फैलिइरहेको कोरोना भाइरसलाई चीनले आफ्नो अधिनमा राख्न सफल भएको छ । चीनले तयार पारेको खोप कतिको प्रभावकारी रहेको विषयलाई सार्वजनिक गर्न अन्य मुलुकमा समेत खोपको परिक्षण गरिरहेको जनाइएको छ । त्यसकारण अन्तिम चरणको डाटालाई सार्वजनिक गर्न चीनलाई गाह्रो भएको हो । ब्रिटिश स्वीडिस कम्पनीद्वारा निर्माण गरिएको फाइजरले आफ्नो खोपले ९५ प्रतिशत प्रभाव देखाएको दाबी गरिसकेको छ । त्यसकारण पश्चिमी मुलुकमा चिनियाँ खोप प्रभाव कम देखाएको विषय उजागर भएको बुझिएको छ ।

चीन वा पश्चिमी मुलुकको खोप दूई मध्ये कस्ले नागरिक सामू आफ्नो सही तथ्यांक प्रस्तुत गरेको विषय अन्यौल देखिएको छ । ग्लोबल टाइम्सले पश्चिमी मुलुकमा तयार पारिएको कोरोना खोपको आफ्नै कमजोरी रहेको दाबी समेत गरेको छ । फाइजर तेस्रो चरणको परिक्षणका डाटा कतिपय सही वा छैन् भन्ने विषय अन्यौल रहेको उसको तर्क छ ।

चिनियाँ खोपको परिक्षण तेस्रो पक्षले गरेको उल्लेख छ । फाइजर एम आरएनए भ्याक्सिन हो । यसलाई करिब माइनस ७० डिग्रीमा राख्नु पर्ने हुन्छ । यसलाई यातायात र भण्डारणमा राख्दाँ पनि सोही तापमानमा राख्नु पर्ने हुन्छ । यसलाई अर्को शब्दमा भन्नु पर्दा यो खोप विकासशील मुलुकका लागि नभइ धनी राष्ट्रका लागि निर्माण गरिएको ग्लोबल टाइम्सको तर्क छ । खोप प्रयोग गरिसकेको व्यक्तिमा फाइजरको खोपले इलर्जीक रियाक्शन देखाएको उसको दाबी छ ।

विश्व नै एक भएर लाग्नु पर्ने ठाँउमा अमेरिका र पश्चिमी सञ्चारमाध्यमले देखाएको दृष्टिकोण गलत रहेको र यस्ता अवस्थामा पनि उनीहरु आफ्नो स्वार्थको भावनालाई उजागर गरेकोमा स्थीती अझ गम्भिर हुने ग्लोबल टाइम्सले भनेको छ । खोप मह्ंगो र भण्डारणको संस्थाले पश्चिमी खोप विश्वलाई पुर्याउन नसक्ने जनाइएको छ । तर, चिनियाँ खोपले मानवको हितको लागि सही सावित हुने ग्लोबल टाइम्सले लेखेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot