Logo

नौवटा खुट्टा भएको अक्टोपस भेटियो



जापानमा नौ ओटा खुट्टा भएको अक्टोपस भेटिएको छ । यसबारे जापानमा धेरै चासो बढेको पाइएको छ । सामान्यतया अक्टोपसको आठ ओटा खुट्टा हुन्छ तर जापानमा नौ ओटा खुट्टा भएको अक्टोपस भेटिएको हो ।

अक्टोपस आफ्नो खुट्टा पुनः निर्माण गर्न क्षमतावान हुन्छ । जीव वैज्ञानिक माइकल भेक्किवानले भने,‘ जब एक खुट्टा नष्ट हुन्छ तब त्यहा अर्को खुट्टा निर्माण हुन्छ यो गलत हो तर त्यहाँ हावा भएको अतिरीक्त तन्तुको विकास हुन्छ र पछी खुट्टामा परिणत हुन्छ । नौ ओटा खुट्टा भएको तीन ओटा अक्टोपस नोभेम्बर १३ मा शिजुगावा टापुको मिनामिसानरिकु शहरमा भेटिएको जापानिज पत्रिकामा जनाइएको छ ।

पत्रिकामा बताइएअनुसार नौ ओटा खुट्टा भएको अक्टोपस त्यहाँको स्थानिय माझिले भेटाएका थिए । उनले उक्त अक्टोपस त्यहीँको नेचर सेन्टरमा लगेर बुझाएका थिए । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्

Screenshot