Logo

पूर्वी लद्दाखको समस्यालाई हल गर्न चीन र भारत छिट्टै नयाँ चरणको वार्ता गर्न तयार



एजेन्सी, १० पुस । भारत र चीन पूर्वी लद्दाखको समस्थालाई समाधान गर्न छिट्टै नयाँ चरणको शैनिक स्तरको वार्ता गर्न तयार भएका छन् । दूवै देशबीचको द्विपक्षीय सम्झौता र प्रोटोकलहरुमा केन्द्रित रही वार्ता हुने भारतीय विदेश मन्त्रालयले बिहिबार जानकारी गराएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘दूवै देशबीचको कुटनितिज्ञ स्तर र शैनिक स्तरको वार्ताले दूवै पक्षले एक अर्कालाई बुझेको छ । र, दूवै देशले आफ्नो मुद्द स्थितीलाई समेत मुल्यांकन गरिरहेको छ ।’

गत साता दूवै देशबीचको कुटनितिज्ञ स्तरको भरचुअल वार्तामा सम्पूर्ण विवादित क्षेत्रको विषयमा वार्ता प्रारम्भ भएको थियो भने त्यस क्षेत्रहरुमा रहेका आफ्नो शैनिकलाई पछि सार्ने विषयसमेत उजागर भएको जनाइएको छ । ‘लगातरको कुटनितिज्ञ र शैनिकस्तरको वार्ताले दूवै देशले आफ्नो कर्वाहटलाई कम गर्ने प्रयत्न गरिरहेको छ ।’ श्रीवास्तवले भने । आठ महिनादेखि निरन्तर चलिरहेको सिमा विवाद केही सामान्य अवस्थामा पुगिरहेको बुझिएको छ ।

डिसम्बर १८ मा भएको कुटनितिज्ञस्तरको वार्ताले नवौँ सैनिक वार्ता छिट्टै गर्न र पूर्ण रुपमा लाइन अफ कन्ट्रोलमा रहेका शैनिकलाई हटाउने र त्यस क्षेत्रमा भएको द्विपक्षीय सम्झौतालाई कार्वान्यन गर्न आफ्नो स्तरबाट निरन्तरता दिइने प्रवक्ता श्रीवास्तवले जनाएका छन् । यस अघि नोभेम्बर ६ मा दुवै देशबीचको सैनिक वार्ता सम्पन्न भएको थियो । त्यस वार्तामा लाइन अफ कन्ट्रोलका केही क्षेत्रबाट आफ्नो सैनिकलाई हटाउन सम्झौता भएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्