Logo

बेलायतका ६ लाख भन्दा बढी मानिसले फाइजरको खोप लगाए



एजेन्सी, १० पुस । कोरोना भाइरसविरुद्वको खोप फाइजरको पहिलो डोज बेलायतका ६ लाख भन्दा बढी मानिसले लगाएका छन् । यस विषयको जानकारी बेलायत सरकारले बिहिबार गराएको हो ।

डिसेम्बर ८ देखि डिसेम्बर २० सम्ममा फाइजरको खोप ६ लाख १६ हजार नौँ सय ३३ जना बेलायती नागरिक लिएको बलायतका स्वास्थ्य तथा सामाजिक सेवा विभागले सार्वजनिक गरेको तथ्यांकले देआएको छ । बेलायत कोरोनाविरुद्व फाइजरलाई प्रयोग गर्ने पहिलो देश बनेको थियो । बेलायतले ४ करोड फाइजरको डोज खरिद गरेको र वर्षको अन्त्यसम्म बलायतले लाखौँ आपूर्ति गर्न विषयको जानकारी बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले गराएको हो । त्यसैगरी ब्रिटिश स्वीडिस कम्पनी एस्ट्रेजेनेकोले परिक्षणको पूर्ण डाटा सम्बन्धीत निकायलाई बुझाइसकेको सचिव ह्यानककले बुधबार जनाएका थिए ।

एस्टे«जेनेकाको डाटालाई छिट्टै मुल्यांकन गरी बेलायत सरकारले प्रयोगमा ल्याउन बेलायतका स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसले बेलायतलाई स्तब्द बनाएको छ । नयाँ स्वरुपको भाइरसलाई फैलिन नदिन बेलायत सरकारले प्रभावकारी कदमहरु भलिरहेको जनाइएको छ । नयाँ भाइरसलाई नियन्त्रण गर्न बेलायत सरकारले ट्राभल र उडानहरु बन्द गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्