Logo

अक्टोपसले यसरी गर्छ नष्ट भएको खुट्टा पुनः निर्माण



अक्टोपसले कुनै चोटपटकका कारणले नष्ट भएको खुट्टा पुनः निर्माण गर्छ । तर मानवलगायत सबैजसो जीवको शरीरमा यस्तो हुँदैन । अक्टोपसले आफ्नो खुट्टा आफै निर्माण गर्नूको कारण यसको शरीरमा एसिटाइलकोलिनेस्टेरेज (ए.सी.एच.इ) प्रोटिन पाउँछ भनी सन २०१३ मा द डिपार्टमेन्ट अफ निउरोसाइन्स एन्ड ब्रेन टेक्नोलोजी, इटालीले पत्ता लगाएको थियो ।

अध्ययनको क्रममा अनुसन्धानकर्ताहरुले ६ वटा स्वस्थ (८ वटा खुट्टा भएको) पोथी अक्टोपस लिए । उनीहरुले ती अक्टोपसहरुलाई एनेस्थेसियामा लगी प्रत्यकको एक देखी दुई सेन्टीमिटर खुट्टा काटेर राखे । ती अक्टोपसहरुले आफुलाई केही नभएको जस्तो गरे । तीन दिनपछि अक्टोपसको खुट्टामा भएको बायोकेमिकलले पुनःनिर्माणको प्रक्रिया सुरु गर्यो ।

विभिन्न कोषहरुको समुह मिलेर काटिएको घाउ विस्तारै पुरिदै गयो र घुँडाजस्तो आकार निर्माण ग¥यो । दोस्रो हप्तामा अझै विकास भई अक्टोपसको खुट्टाको छेउमा अंकुशजस्तो आकृती देखापर्यो । त्यस समयमा अक्टोपसको काटिएको खुट्टामा धेरै रक्तनलीहरु बने । २८ दिन पछी देखिएका आकृतीहरु विस्तारै हराउदै गए र एक सय दिनपछी अक्टोपसको खुट्टा पूर्ण विकास भई पहिलाको जस्तै बन्यो ।

अक्टोपसको खुट्टा पुनःनिर्माण बन्ने प्रक्रियामा ए.सी.एच.ई प्रोटिनले महत्वपुर्ण भुमिका निर्वाह गर्छ । अक्टोपसको चोट नलागेको खुट्टामा यो प्रोटिन स्नायुकर्डमा विशेष क्रियाशील हुन्छ तर चोट लागेको खुट्टामा यो प्रोटिन तीन हप्तासम्म कम क्रियाशील रहन्छ । त्यसपछी यस प्रोटिनको मात्रा बढ्न गई नया शोषक (हावा भरिएको तन्तु) र क्रोम्याटोफोर (रङ्ग परिवर्तन) विस्तारै पुनः विकास हुदै जान्छ । ४२ दिनमा ए.सी.एच.ई पुनः क्रियाशिल हुन्छ र १३० दिनमा अक्टोपसको खुट्टा पूर्ण रुपले पुनःनिर्माण हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्