Logo

जापानद्वारा अस्थायी रुपमा सम्पूर्ण उडानमा प्रतिबन्ध



एजेन्सी, १२ पुस । कोरोना भाइरसको नयाँ स्वरुप विश्वमा देखा परेपछि जापानले अस्थायी रुपमा बाह्उ उडान प्रतिबन्ध लगाएको छ । उसले विदेशी नागरिकलाई जापान प्रवेशमा समेत प्रतिबन्ध लगाएको छ ।

जापान सरकारले शनिबार विज्ञप्तिमार्फत यस विषयको जानकारी दिएका हुन् । विज्ञप्तिमा उल्लेख गरिए अनुसार प्रायः देशमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएको करण सम्पूर्ण उडान प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध २८ डिसेम्बर देखि २०२१ जनवरीको अन्त्यसम्म जारी रहने छ ।

सानो उद्योगका लागि आवत जावत गर्ने जापानी नागरिकको समेत सम्पूर्ण यात्रामा प्रतिबन्ध लगाइएको छ । २८ डिसेम्बर भित्र जापान प्रवेश गर्ने जापानीलाई समेत दूई साता क्वारेन्टाइनमा बस्नु पर्ने अनिवार्य नियम लागू गरिएको छ । अन्य देशबाट आयने जापनी नागरिकमा नयाँ कोरोना भाइरस देखिएमा कोरोना नेगेटिभ नभएसम्म प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot