Logo

चीनले हस्तक्षेप गरेको भन्दै चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन



काठमाडौं, १२ पौष । नेपालको राजनीतिमा चीनले हस्तक्षेप गरेको भन्दै चिनियाँ राजदूतावास अगाडि प्रदर्शन भएको छ । प्लेकार्डसहित चिनियाँ दूतावास अगाडि पुगेकाहरुले धर्ना दिदै प्रदर्शन गरेका हुन् ।

चीनले नेपालको राजनीतिमा हस्तक्षेप गरेको, सीमा मिचेकोलगायतका विषय उल्लेख गरी प्लेकार्ड बोकेकाहरु धर्ना तथा प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले मिचेको भूमि फिर्ताको माग समेत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपछि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको टोली काठमाडौं उत्रिएको छ । टोलीले नेकपालाई पुनः एक बनाउने गरी छलफल बढाएको छ । टोली विमानस्थलमा नेपाली सुरक्षाकर्मीबाट सुरक्षा समेत लिन नमानी निस्किएको थियो ।

यसअघि चिनियाँ राजदूत होउ यान्छी पनि नेकपा विवाद मिलाउन सक्रिय हुँदै आएकी छिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका प्रचण्ड पक्षीय अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, पूर्व सभामुख कृष्णबहादुर महरा र अर्का नेता वर्षमान पुनलाई गत हप्ता भेटिसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्