Logo

सशस्त्रको छानबिन गोप्य



काठमाडौं, १४ पुस । गत २३ मंसिरमा गृह मन्त्रालयको एक टोली सशस्त्र प्रहरी बलको मुख्यालयसँगै रहेको बंगलामुखी बिशेष कार्यादलमा पुग्यो । सो कार्यदलमा राशनभत्तामा अनियमितता भइरहेको गुनासोका आधारमा गृहका उपसचिव भूपेन्द्र सापकोटाको टोली त्यहाँ पुगेको थियो ।

त्यसरी छापा हानिएको तीन साता हुँदा पनि विवरण बाहिर ल्याइएको छैन । मुख्यालयसँगैको गणमा गृह मन्त्रालयले छापा हानेको विषयले प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई समस्या हुने भएपछि गोप्य राखिएको स्रोत बताउँछ ।

गृह मन्त्रालयले यसरी सुरक्षा निकायमा छापा हान्न मिल्ने कुनै प्रावधान नै छैन । प्रहरी महानिरीक्षकको चेन अफ कमाण्डमै प्रश्न उठेपछि गृहको छानबिनलाई बाहिर ल्याइएको छैन ।

सशस्त्र प्रहरीमा सिपाहीलाई बिदामा पठाउने र उनीहरुको राशनभत्ता हाकिम र अकाउन्टेट मिलेर खाने प्रवृत्ति छ । यस्तो अनियमिततामा संलग्नहरु पटक पटक कारबाहीमा समेत परेका छन् । तर, पनि अनियमितता रोकिएको छैन । यसमा नीतिगत सुधार नहुुुँदा सशस्त्रमा रासनमा हुने अनियमितता नरोकिएको हो ।-दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्