Logo

२०२१ मा अत्याधिक मात्रामा ठुलो पूँजी चीन भित्रीने लगानी बैंकको दाबी



एजेन्सी, १५ पुस । कोरोना महामारीलाई सही ढंगले नियन्त्रण गरेको र परास्त गर्न विभिन्न प्रभावकारी खोपको निर्माण गरेको चीनमा अगामी वर्ष २०२१ मा अत्याधिक मात्रामा विदेशी पूजी खोपको कारण भित्रीने लगानी बैंकको दाबी छ । लगानी बैंकले आँकलन गरेअनुसार महामारीको वर्ष २०२० मा भित्रीएको पूंजी भन्दा बढी मात्रामा विदेशी पूंजी भित्रने दाबी गरेको हो ।

सोमबार सम्मको शेयर मार्केट अनुसार यस वर्ष २०० बिलिअनको पूजी प्रवाह भएको छ । यो अंक विगत भन्दा निकै कम रहेको जनाइएको छ । सन् २०१८ मा २९४.२ विलिअन युआनको पूंजी प्रवाह भएको थियो । यस वर्ष महाामरीको कारण पूंजी प्रवाहमा गिरावट आएको जनाइएको छ ।

महामारी विरुद्वको विन्नि खोप निर्माण भएपश्चात सन् २०२१ मा चीनभित्र अत्याधिक मात्रामा पूंजी भित्रीने भएको हो । विदेशी पूंजी भित्रीए लगतै चिनियाँ मार्केट पुनः ट्रयाकमा आउने सम्बन्धीत निकायले जानकारी गराएको हो । यो पूजी अगामी वर्ष ८.२ प्रतिशतले बढ्ने भएको लगानी बैंकले आँकलन गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्