Logo

११ दिनमा साँढे सात हजार माइलको यात्रा गरेर रेकर्ड तोड्ने चरा



गडविट नामको चरा ठूलो लामो चुच्चो भएको हुन्छ । खैरो रंगको यो चराले निरन्तर लामो समयसम्म उडेर रेर्कड तोडेको छ । बार जस्तो पुच्छर भएको भाले गडविट (लिमोसा लेप्पोनिका) भनिन्छ ।

यसले दक्षिणी पश्चिम आलश्काबाट न्युजिल्यान्डसम्म एघार दिनमा सात हजार पाँच सय एकासी माइल (१२ हजार २ सय किलोमिटर) लामो दुरी उडेको रेकर्ड द गार्डीएन पत्रिकामा रिपोर्ट गरिएको थियो ।

यस भन्दा अगाडी सन २००७ मा पोथी गडविटले नौ दिनमा सात हजार एक सय पैँतालिस माइल (११ हजार ५ सय किलोमिटर ) उडेर रेकर्ड तोडेको नेशनल जियोग्राफीकमा जनाइएको थियो । Agency



प्रतिक्रिया दिनुहोस्