Logo

भारतले अक्सफोर्ड भ्याक्सिन प्रयोग गर्ने भएपछि नेपालमा पनि छिट्टै



काठमाडौं, १६ पौष । भारतले कोरोना भाइरसविरुद्ध अक्सफोर्ड भ्याक्सिनको प्रयास अर्को हप्ताबाटै शुरु गर्ने भएको छ । भ्याक्सिनलाई भारतले यसै हप्ता अनुमोदन गरी अर्को हप्ताबाट प्रयोगमा ल्याउने तयारी गरेको हो ।

अक्सफोर्ड भ्याक्सिनको उत्पादनको अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाले प्रत्येक हप्ता ५ करोड डज उत्पादन शुरु गरेको जनाएको छ । अब त्यसको प्रयोगका लागि भारतले अग्रिम तयारी गरेको छ ।

बेलायतले बुधबार अक्सफोर्ड भ्याक्सिन प्रयोगको अनुमोदन स्वीकृती दिएपछि भारत पनि अगाडि बढेको हो । फाइजर, मोर्डना र रुसको स्पुतनिक भी भ्याक्सिनको तुलनामा सस्तो, सहज र भण्डारण गर्न सजिलै गर्न सकिने भएकाले भ्याक्सिनबारे सँसारभर चासो छ ।

सेरमले धमाधम करोडौं डज भ्याक्सिन उत्पादन गर्न थालेपछि छिमेकी देशहरु पनि लाभान्वित हुने देखिएको छ । भारतले दक्षिण एशियाका मुलुकहरुलाई प्राथमिकतामा राखेर भ्याक्सिन उपलब्ध गराउने जनाइसकेको छ । विशेगरी नेपाल, भुटान र बङ्गलादेश भ्याक्सिन पाउने प्राथमिकतामा परेका छन् ।

अक्सफोर्ड भ्याक्सिनमा नेपाल सरकारको बढी ध्यान छ । विश्वसनीय, सस्तो र सजिलो गरी पाउन सकिने भएकाले यो भ्याक्सिनमा सरकारको ध्यान गएको हो ।

सरकारले भ्याक्सिनका लागि बजेट विनियोजन गरिसकेको छ । अब भारतमा उत्पादन, वितरण र प्रयोग गरिने भएपछि सरकारले त्यसमा चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot