Logo

चीनमा कोरोना संक्रमित फेला पर्योकि वस्ती नै लकडाउन



एजेन्सी, १६ पुस । नयाँ वर्ष र वसन्त महोत्सवमा कोरोना महामारीले पुनः भयावह अवस्था निर्माण गर्न सक्ने कारण चीन सरकारले कोरोनाको रोकथाम र नियन्त्रण प्रमुख कार्य रहेको बताएको छ । उसले निकै कडाईका साथ यसविरुद्ध लडिरहेको जनाएको छ ।

नयाँ वर्षको अवसरमा स्थानीय सरकारले कोरोनाविरुद्व कडा कदम चाल्ने र लकडाउन भएका क्षेत्रबाट कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउन व्यवस्था मिलाएको छ । साथै बेजिङमा कोरोना विरुद्वको खोप अभियानलाई समेत तीव्रता दिइने जनाएको छ । नयाँ वर्षको अवसरमा सानो संख्यामा भेला गर्न मात्र पाइने व्यवस्था गरिएको छ । २ करोड जनसंख्या रहेको बेजिङमा विगत दूई सातादेखि २० भन्दा बढी संक्रमित फेला परेको जनाइएको छ । बेजिङ आउने सम्पूर्ण उडानका यात्रुलाई १४ दिन ब्वारेन्टिाइनमा बस्नै पर्ने व्यवस्था गरिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot