Logo

चन्द्रागिरि हिल्सको आईपीओ आगामी २४ गतेबाट



काठमाडौं, पुस १७ । चन्द्रागिरि हिल्स लिमिटेडले आगामी २४ गतेदेखि साधारण शेयर (आईपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले निष्कासन गर्न लागेको प्रतिकित्ता १०० अंकित आईपीओमा सर्वधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता शेयर मध्ये ४ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहेको १३ लाख ९६ हजार ४४ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो । उक्त आईपीओमा पुस २४ गतेदेखि छिटोमा पुस २८ गतेसम्म र ढिलोमा माघ १० गतेसम्म आवेदन दिन सकिने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot