Logo

अमेरिकी युद्धपोत ताइवान क्षेत्रमा पुगेपछि चीनको चेतावनी



एजोसी, १७ पुस । ताइवानको समूद्री क्षेत्रमा दुई वटा अमेरिकी युद्धपोत देखिएपछि चीनले आपत्ती जनाएको छ । अमेरिकी कदम प्रति चिनियाँ रक्षा मन्त्रालयले आपत्ती जनाएको हो । अमेरिकाको यो विनाशकारी कार्य प्रति चीनले प्रश्न उठाएको हो ।

ताइवानको सम्पूर्ण क्षेत्रमा चीनले दाबी गर्दै आएको छ । ताइवानप्रति चीनको मूल चासो रहेको र चीनले उठाएको प्रश्नप्रति कसैले चुनौती दिन नसक्ने समेत मन्त्रालयले जनाएको छ । बिहीबार दुईवटा अमेरिकी नौसैनिक युद्धपोत युएसएस जन एस. मेककेन र युएसएस कर्टिस विलबरलाई चीनले आफ्नो हवाई सेना र जल सेनाद्वारा निरन्तर निरिक्षण गरेको रक्षा मन्त्रालयको प्रवत्ताले जनाएका छन् ।

चीनले सदैव आफ्नो सिमा सुरक्षा र आफ्नो सार्वभौमसत्ता निम्ती कडा निगरानी राख्ने प्रवत्ताले बताएका छन् । दूई वटा अमेरिकी युद्धपोतले चीनको क्षेत्रमा निरन्तर पेट्रोलिङ गरिरहेको कारण चीनले त्यस प्रति आपत्ती व्यक्त गरेका हो । विवाद निम्त्याउने भन्दापनि अमेरिकाले विवादीत क्षेत्रमा शान्ति र स्थीरता कायम गर्न उन्मुख हुन प्रतिबद्व हुनु पर्नेमा चीनको जोड छ ।

चीनले अमेरिकालाई लाइन क्रोस नगर्न चेतावनी समेत दिएको छ । अमेरिकाले ताइवान कार्ड प्रयोग गरेर चीनलाई दबाउने प्रयास निरन्तर गरिरहेको जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्