Logo

भारतद्वारा अक्सफोर्ड र भारत बायोटेकको कोरोनाविरुद्धको भ्याक्सिन अनुमोदन



एजेन्सी, १९ पौष । भारतले एस्ट्रेजेनेका अक्सफोर्ड र भारत बायोटेक लिमिटेडले विकास गरेका कोरोना भाइरसविरुद्धको छुट्टाुछुट्टै भ्याक्सिनलाई अनुमोदन गरेको छ । आज विहान ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया डिसिजिआईले आकस्मिक प्रयोगका लागि भ्याक्सिनलाई अनुमोदन गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आकस्मिक प्रयोगका लागि दुईपटक लगाउनुपर्ने भ्याक्सिनले अनुमति पाएको हो । अक्सफोर्ड भ्याक्सिन भारतको भ्याक्सिन उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियाले धमाधम उत्पादन गरिरहेको छ । उसले हरेक हप्ता करोडौं डज खोप उत्पादन गरिरहेको छ ।

यसैगरी, भारत बायोटेकद्वारा विकास गरिएको भ्याक्सिन पनि आकस्मिक प्रयोगको अनुमति दिइएको छ । यो भ्याक्सिन तेस्रो चरणको परीक्षणका क्रममा छ । दुवै भ्याक्सिनहरु यसै हप्ताबाट प्रयोगमा ल्याइने तयारी भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिनहरु आकस्मिक प्रयोगका लागि अनुमोदित भएपछि सबैलाई बधाई दिएका छन् । उनले कोरोनाविरुद्धको लडाईले निर्णायक मोड लिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्