Logo

इलन मस्कको नजरमा अमेरिका भन्दा चीन उत्कृष्ट



एजेन्सी, १९ पुस । सन् २०२० मा नयाँ उचाई चुम्न सफल भएका टेस्ला कम्पनीका मालिक इलन मस्कले चीनको प्रशंसा गर्दै चीन अमेरिका भन्दा उत्कृष्ट रहेको बताएका छन् । बिजनेश इनसाइडरमा लामो अन्तरवार्ता दिँदै इलन मस्कले टेस्लाले चीनसंग सहकार्य गर्ने विषयको जानकारी दिएका छन् ।

चीन विज्ञान र प्रविधिको नयाँ उचाईमा पुगिरहेको र यसप्रति तपाईको धारण के हो भन्ने प्रश्नको उत्तर दिँदै मस्कले भने,‘ चीन सरकारसंगको मेरो अनुभव राम्रो रह्यो । चीन सरकार आफ्नो नागरिकको खुशीलाई प्राथमिकता दिने गर्दछ । चीन अमेरिकी सरकार भन्दा निकै राम्रो ढंग आफ्नो नागरिकको लागि प्रस्तुत हुने गर्दछ ।’ भेटको क्रममा चिनियाँ सरकारले निरन्तर आफ्नो नागरिकलाई सोच्ने र उनलाई खुशी दिने सोचमा मात्र अग्रसर रहेका उनले अन्तरवार्तामा बताए । उनले भने,‘सिंगल पार्टी सिस्टमले चलेको चीन सम्पूर्ण सहकार्य र प्रविधि निर्माण गर्दा सर्वप्रथम आफ्नो नागरिकलाई प्राथमिकतामा राख्ने गर्दछ । यो मैले अमेरिकामा देखेको छैन् । चीनले मेरो सोचाईलाई मनपरायो र चीनले मेहनती व्यक्तिहरुलाई प्रोत्साहन गर्ने गर्दछ ।’

२०२० इलन मस्कको लागि निकै राम्रो वर्षको रुपमा देखिएको छ । उनीद्वारा निर्माण टेस्लाले विश्वभर हंगामा मच्चाएको छ । उनी यस २०२०मा धनीको सुचीमा आफ्नो कदम समेत रखेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot