Logo

समुन्द्रमा भेटियो नयाँ प्रजाती



समुन्द्रिय ब्लब नया भेटिएको प्रजाती हो । यो ढाँड नभएको जीवहरुको समुहअन्र्तगत पर्छ । वैज्ञानिकहरुका अनु्सार यसको शरीर पार्टी वेलुन जस्तो देखिन्छ र यसमा धागो जस्तो देखिने दुई वटा टेन्टाकल हुन्छ । यो जीव पानीमुनी धेरै गहिराइमा भेटिएको हो । यसको शरीर सानो करीब ६ सेन्टिमिटर लामो हुन्छ ।

जब यो जीव एक ठाउ बाट अर्को ठाउमा सर्छ, तब यो उत्तेजक हुन्छ र यसको शरीरमा भएका साना कपाल जस्ता सिलियाहरुले उज्यालो रंगको प्रिज्ममा प्रकाश अपवर्तन गर्दछ ।

नेशनल ओसियानीक एन्ड एट्मोसफेरीक एड्मिनिस्ट्रेसन (एन.ओ.ए.ए) का अनुसन्धानकर्ताहरुले सन २०१५ मा पहिलो पटक यो रहस्यमय पार्टी ब्लब समुन्द्रको १३ हजार फिट (४ हजार मिटर) तल गहिराइमा देखा परेको बताएका थिए । तर अहिले सन २०२० नोभेम्बर १८ मा प्लाकंटन एन्ड बेन्थोस रिसर्च पत्रिकामा यस जीवबारे प्रकाशित भयो ।

उक्त अनुसन्धानकर्ताहरुको टिमले यस जीवलाई फाइलम टेनोफोराअन्तर्गत नया प्रजातीको रुपमा राखेका छन । यसलाई ढाड नभएको सानो शिकारी समुन्द्री अखरोट पनि भनिन्छ । यसको वैज्ञानिक नाम डोब्राकियम स्पार्कसी राखिएको छ । एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्

Screenshot