Logo

एप्पलले ३९,००० गेमिङ एप्स चाइनिज एप स्टोरबाट हटायो



बेइजिङ, २० पुस । एप्पलले फेरी आफ्नो एप स्टोरबाट ३९,००० गेमिङ एप्स हटाएको छ । चिनियाँ एप्समा एकै दिनमा एप्पलले गरेको यो सबैभन्दा ठूलो कारबाही हो । लाइसेन्स नविकरण नगरेका कारण एप्पलले यो कारबाही गरेको हो ।

गत वर्षको फेब्रुअरीमा एप्पलले सबै एप्पल गेम डेभलपर्सलाई लाइसेन्स देखाउन ३० जून सम्मको समय दिएको थियो । त्यसपछि ३१ डिसेम्बरसम्म अन्तिम समय दिइएको थियो । डेभलपर्सले कुनै लाइसेन्स नदेखाएकाले एप्पलको यो फैसला आएको हो । एप्पलले हटाएका नयाँ एप्सहरुमा यूबीसफ्ट, एनबीए २ के–२० लगायतका छन् । अनुसन्धानमुलक फर्म क्वीमाईका अनुसार १५०० एप्समा केवल ७४ एप्सले मात्रै लाइसेन्स नविकरण गरेका थिए ।

चीनमा एप्पल स्थानीय नियमको पालना गर्न सरकारी दबाबको सामना गर्दै आएका छन् । सरकारी दबाबपछि एप्पलले सबै गेम डेभलपर्सबाट सरकारी लाइसेन्सको माग गरेको थियो । एप्पलको एप स्टोरमा सबै गेमिङ एप्सलाई इन्टरनेट सामग्री प्रदायक लाइसेन्सको आवश्यकता पर्छ ।

चीनको एप स्टोरहरुमा यो नियम २०१६ देखिनै प्रभावकारी रहदै आएको छ । तर, एप्पलले यो कारबाही पहिलो पटक गरेको हो । अझैपनि चिनियाँ गेमिङ एपमाथि एप्पल किन यत्तिको खरो भयो भन्ने विषयको जानकारी अझै आउन सकेको छैन । एप्पलको चीन सबैभन्दा ठूलो बजार हो । चीनबाट मात्रै एप्पले एप स्टोरले १६.४ अर्ब डलरको आम्दानी गर्दै आएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot