एजेन्सी, २० पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा विश्व कै सबैभन्दा ठूलो कोरोना विरुद्वको भ्याक्सिनेशन प्रोग्राम सुचारु हुने बताएका छन् । उनले नेश्नल मेट्रोलोजी कनक्लेभ २०२० मा बोल्दै उक्त विषयको जानकारी गराएका हुन् ।
कोरोना भाइरसविरुद्वको भ्याक्सिन निर्माण गर्न वैज्ञानिकहरुले देखाएको अग्रसरतालाई सम्मान गर्दै धन्यवाद अर्पण गरेका छन् । प्रगतीशील समाजको निर्माण गर्न रिसर्च अत्यावश्यक रहेको समेत बताए । उनले भने,‘हामी विश्व कै सबैभन्दा ठूलो भ्याक्सिनेशन प्रोग्रामको सुरुवात गर्नेछौँ ।
कोरोनाविरुद्वको भ्याक्सिन निर्माण गर्न वैज्ञानिक र सहयोगीहरुको कामलाई सम्पूर्ण देशवासीले सराहेको छ । भारतीय वैज्ञानिकहरु भारत मै कोरोना विरुद्वको भ्याक्सिन निर्माण गर्न सफल भएका छन् ।’ उनले ‘मेक इन इन्डिया’ लाई समेत निरन्तरता दिने विषयमा जानकारी गराए । उनले यस सन्दर्भमा भने,‘ हामी भारतीय उत्पादनलाई विश्व सामू लैजान भन्दा पनि भारतीय उत्पादीत सामाग्रीलाई प्रत्येक मानिसको ह्दियमा पुर्याउनु पर्नेछ । विश्वमा हाम्रो उत्पादनको माग भ्नदा पनि विश्वमा हाम्रो उत्पादनले स्वीकार्नु जरुरी देखिएको छ ।’ उनले आत्मनिर्भर भारतको विषयलाई समेत निरन्तरता दिने बताए ।-Photo: Agency