एजेन्सी, २० पौष । विकिलिक्सका संस्थापक जुलियन आसाङको अमेरिकामा सुपुर्दुगी नगर्न बेलायतका न्यायाधीशले फैसला सुनाएका छन् । आसाङले आत्महत्या गर्नसक्ने भन्दै बेलायतका न्यायाधीशले यस्तो फैसला सुनाएका हुन् ।
बेलायतका न्यायाधीश भसेना बराटसरले आसाङको मानसिक स्वास्थ्यको हालतबारे समेत उल्लेख गरेका थिए । फैसलापछि ४९ वर्षीय आसाङलाई उनकी जीवनसाथी स्टेला मोरिसले अंकमाल गरेकी थिइन् । मोरिसबाट आसाङको दुई छोरा छन् ।
सन् २०१० मा आसाङ चर्चामा आएका थिए । उनले अमेरिकाको गोप्य दस्तावेजहरु बाहिर ल्याएका थिए । जसमध्ये एउटा ३९ मिनेटको भिडियो पनि थियो । उक्त भिडियोमा अमेरिकी सैनिक हेलिकोप्टरले दर्जनौं इराकीलाई मारेको थियो ।