Logo

वर्षा र हिमपात बुधबारसम्म



काठमाडौं, पुस २१ । हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । पश्चिमी वायुले भित्रयाएको जलवाष्प र त्यसको प्रभावले आइतबारदेखि नै राजधानीसहित देशभर चिसो बढेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आएको बदलीसंगै सुदूरपश्चिम र कर्णाली प्रदेशकाका उच्च हिमाली भेगमा हल्का बर्षासहित हिमपात समेत भएको छ । वर्षा र हिमपात बुधबारसम्म रहने महाशाखाले जनाएको छ ।

आज देशभर बदलीसहित उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

त्यस्तै, रातिसम्म देशभर आंशिक देखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।



प्रतिक्रिया दिनुहोस्