Logo

इरानले विदेशी ट्यांकर पक्रियो



एजेन्सी २१ पुस । अमेरिकासँग तनाव बढेसँगै इरानले युरेनियमको संबर्धनलाई पुनः सुचारु गरेको छ । यसको शुद्धता पनि २०१५ को परमाणु सम्झौताको भन्दा धेरै बढी रहेको छ ।

इरानले दक्षिण कोरियाली झण्डा वाहक रसायन ट्यांकर पनि पक्राउ गरेको इरानी अर्ध सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।

इरानको यी दुवै गतिविधि अमेरिकाले इरानी जनरल क्वासेम सुलेमानीको हत्या गरेको वार्षिकीको एक दिन अगाडि आएको हो ।

दुई देशबीचको तनाव बढेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षेत्रमा गत साताको निर्णयलाई उल्टाउदै अमेरिकी विमान वाहकलाई मध्यपूर्वमा तैनाथी गरेका छन् ।

इरानी सरकारका प्रवक्ताले फोर्डो परमाणु केन्द्रमा युरेनियमको संबद्र्धनलाई २० प्रतिशतको लक्ष्यमा पु¥याउने बताए ।

इरानले हाल ४.५ प्रतिशतको हाराहारीमा युरेनियम भण्डारण गरेको छ । यो २०१५ मा विश्व शक्तिहरुसँग भएको ३.६७ प्रतिशतको सम्झौता भन्दा बढी हो । यो अझैपनि परमाणु हतियार बनाउन आवश्यक मानिएको ९० प्रतिशतको तुलनामा अझै पनि ठूलो अन्तरले कम हो । यद्यपि, इरानले आफ्नो परमाणु कार्यक्रम हतियारका लागि नभई शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउदै आएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot