Logo

भारतले चिनियाँ खोप नलिने



एजेन्सी, २१ पौष । भारतले चीनद्वारा निर्मित कोरोना भाइरस खोप नलिने भएको छ । भारतीय नेताहरुको चीन बिरोधी भावनाका कारण अन्य सामग्रीको बहिष्कार जस्तै चीनद्वारा निर्मित खोप नलिने भएको हो । भारतले आफ्नै मुलुकमा निर्मित खोप प्रयोगमा ल्याउने भएको छ ।

भारतले कोरोना खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणको एक महिनापछि आपतकालिन प्रयोगको मञ्जुरी दिएको छ ।

चाइनिज एकेडेमी अफ सोशल साइन्सेसको शोधकर्ता तिआन गुआंगकिआंगले भनेका छन्,“हामीलाई भारतको स्वतन्त्र मेडिकल रिसर्च र विकास क्षमतामा विश्वास छैन ।”

“यदि खोप सफल र प्रभावकारी भयो भने पनि भारतको खराब मेडिकल सुविधाका कारण यसको प्रयोगमा कयौ समस्याको सामना गर्नुपर्ने देखिन्छ । विशेषगरी दुर्गम र साना बस्तीमा धेरै समस्या आउने छ,”उनको भनाई थियो ।

कोरोना संकटको समयमा सरकारमाथि जनताको विश्वास पैदा होस् भन्नका लागि मात्रै यो खोपलाई स्वीकृति दिएको चिनियाँ विशेषज्ञले बताएका छन् । भारतले चिनियाँ खोप नकिन्नाले चीनलाई ठूलै नोक्सानी हुने तिआनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्