Logo

आकाशमा कुन समयमा अज्ञात घटना देखिन्छन्



राती आकाशमा उज्यालो र अज्ञात घटनाहरु देखा पर्ने हुँदा प्राचीन कालदेखी नै मानिसहरु यस्तो दृश्य हेर्न मोहित भएका छन् । कहिलेकाही आकाशमा हुने यस्ता घटनाहरुले मानिसको जिज्ञासु दिमागलाई मोहित, मनोरञ्जनात्मक र आनन्दित बनाउँछ । नया वर्ष सन २०२१ मा आकाशमा उल्का वर्षादेखि ग्रहणसम्मका अति उत्साहजनक निम्न आकाशिय घटनाहरु देख्न सकिनेछ ।

१.जनवरीमा चतुर्भज उल्का वर्षा देखिने: चतुर्भज उल्का वर्षा सबैभन्दा राम्रो वार्षिक उल्का वर्षा हो । नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका अनुसार यो जनवरी २ को साँझबाट जनवरी ३ को बिहानसम्म देखिएको थियो । यसबेला आकाशमा चन्द्रमाको ८४ प्रतिशत उज्यालो देखिएकाले धेरैजसो उल्काहरुको दृश्य चम्किलो र शानदार देखिएको अर्थस्काई पत्रिकामा बताइएको थियो । अरु उल्का वर्षाहरुको तुलनामा चतुर्भज उल्का वर्षाको चरम बिन्दुको समय धेरै छोटो हुन्छ । अर्थस्काईका अनुसार पश्चिमी उत्तर अमेरीकाबाट यस उल्कावर्षाको दृश्य राम्रो देखिएको थियो ।

२.अप्रिलमा लाइरिड उल्का वर्षा देखिने: लाइरिड उल्का वर्षा पुरानो उल्का वर्षा हो । नासाका अनुसार पहिलोपटक यो उल्का वर्षा बि.सी. ६८७ मा देखिएको थियो । अर्थस्काईका अनुसार त्यस वर्ष लाइरिड उल्का वर्षा अप्रिल १६ देखि अप्रिल २५ सम्म देखिएको थियो र अप्रिल २२ मा यसको चरम बिन्दुको समय खस्कदै आएको थियो । लाइरिडले एक घण्टामा सय भन्दा माथि उल्काहरु देखाउन सक्छ तर चरम समयको अवधिमा यसले एक घण्टामा औसत १० देखि १५ सम्म उल्काहरु देखाउछ । नासाका अनुसार मलबे अन्तरीक्ष ग्रहको वातावरणसँग अन्र्तक्रिया गरी सि÷१८६१ जी १ धुम्रकेतु थेचर बाट आउने लाइरिडको निर्माण गर्छ । यी सुन्दर उल्काहरु धुलो जस्तै तर चम्किने हुन्छन र यिनीहरुलाई केही सेकेण्ड मात्र देख्न सकिन्छ ।

३.मे मा एटा एक्वारीड उल्का वर्षा देखिने: एटा एक्वारीड उल्का वर्षा दक्षिणी गोलाद्र्धबाट राम्रो देखिनेछ । अर्थस्काईका अनुसार यस उल्का वर्षाको चरम बिन्दु मे ५ सकिनु भन्दा अगाडि एक घण्टा वा दुई घण्टा देखिनेछ । नासाका अनुसार यी उल्काहरु १पी÷ह्याली धुम्रकेतुबाट प्रारम्भ हुन्छन् । यी उल्काहरु एक लाख ४८ हजार माइल प्रति घण्टाको दरले द्रुत गतिमा घुमिरहेका हुन्छन् । नासाका अनुसार यिनीहरु आकाशमा केही सेकेण्ड देखी केही मिनेटसम्म चम्किलो रेखाजस्तो देखिनेछन् ।

४.मे मा पुर्ण चन्द्रग्रहण देखिने:  स्पेश.कम र नासाका अनुसार मे २६ मा पुर्ण चन्द्रग्रहण आकाशमा लाग्ने र पुर्वी एसिया, अस्ट्रेलिया, प्रशान्त महासागरको क्षेत्र र अमेरीकाबाट स्पष्ट देखिनेछ । स्पेश.कमका अनुसार जब पृथ्वीको छायाले सुर्यको प्रकाशलाई चन्द्रमामा पर्न दिदैन तब चन्द्रग्रहण देखा पर्छ । चन्द्रग्रहण आकाशमा पुरा चन्द्रमा देखिएको बेला मात्र लाग्छ । चन्द्रग्रहणको कारणले चन्द्रमा तामा वा रातो रङ्गमा परिवर्तन हुन्छ ।

५.जुन मा गोलाकार सुर्यग्रहण देखिने:  जुन १० मा गोलाकार सुर्यग्रहण लाग्नेछ । जसलाई आगोको औँठी पनि भनिन्छ । नासाका अनुसार गोलाकार सुर्यग्रहण उत्तरी क्यानडा, ग्रीनल्याण र रसियाबाट देख्न सकिनेछ । जब चन्द्रमा सुर्य र पृथ्वीको बीचमा आउँछ तब सुर्यग्रहण लाग्छ तर सुर्य पुरा छेकिदैन र त्यहाँ छायाको वरिपरी चम्किलो आगोको औँठी बनाउँछ ।

६.अगस्टमा लगनशिल उल्का वर्षा देखिने: नासाका अनुसार लगनशिल उल्का वर्षा यस वर्षकै राम्रो उल्का वर्षा हो । यस उल्का वर्षाको चरम बिन्दुमा दर्शकहरुले एक घण्टामा सय भन्दा माथि उल्काहरु देख्न सक्नेछन् जसको प्रारम्भ १०९पी÷स्विफ्ट–टुट्टल धुम्रकेतु बाट हुन्छ । अर्थस्काईका अनुसार यस वर्ष यो उल्का वर्षा अगस्ट ११ को रातीबाट अगस्ट १२ को रातीसम्म देखिनेछ । नासाका अनुसार यो उल्का वर्षा उत्तरी गोलाद्र्ध बाट अमेरीकाको स्थानिय समयानुसार रातीको १० पी.एम भन्दा पहिले स्पष्ट देखिनेछ ।

७.अक्टोबरमा ओरियनिड उल्का वर्षा देखिने: नासाका अनुसार ओरियनिड उल्का वर्षा यस वर्षको सुन्दर उल्का वर्षा हो । यो उल्का वर्षा भएको यिनीहरुको उज्यालोपन र गती देखेर थाहा पाउन सकिन्छ । यी उल्काहरु एक लाख ४८ हजार माइल प्रती घण्टाको दरले द्रुत गतिमा घुमिरहेका हुन्छन् । नासाका अनुसार यी उल्काहरु १पी÷ह्याली धुम्रकेतुबाट प्रारम्भ हुन्छ जो मध्यराती दक्षिणी र उत्तरी गोलाद्र्धबाट देखिनेछ । यसको चरम बिन्दको समयमा चन्द्रमा विनाको आकाशमा दर्शकहरुले एक घण्टामा करिब १५ वटा उल्काहरु देख्न सक्नेछन । ओरियनिड उल्का वर्षा अक्टोबर २० को राती देखि अक्टोबर २१ रातीसम्म देखिनेछ ।

८.नोभेम्बरमा आंशिक चन्द्रग्रहण देखिने:  स्पेश.कम र नासाका अनुसार आंशिक चन्द्रग्रहण अमेरीका, अस्ट्रेलिया, युरोप र एसियाका केही भागहरुबाट देख्न सकिनेछ । आंशिक चन्द्रग्रहण भनेको पृथ्वीको छायाले चन्द्रमाको आधा भाग छेक्नु हो । नासाका अनुसार यो २०२१ लागि दोस्रो र अन्तिम चन्द्रग्रहण हुनेछ । टाइमेन्डेटका अनुसार यो उल्का वर्षा नोभेम्बर १९ को २ः१८ ए.एम.मा सुरु भई ४ः०२ ए.एम. मा चरम बिन्दुमा पुगी ५ः४७ ए.एम.मा अन्त्य हुनेछ ।

९.डिसेम्बरमा मिथुन उल्का वर्षा देखिने:  मिथुन उल्का वर्षा डिसेम्बर ४ देखि डिसेम्बर २० सम्म देखिनेछ । अन्तर्राष्ट्रिय उल्का संगठनका अनुसार मिथुन उल्का वर्षा यस वर्षकै बलियो उल्का वर्षाका रुपमा रहेको छ । नासाका अनुसार यस उल्का वर्षाको चरम बिन्दु डिसेम्बर १३ को राती पुग्नेछ । यिनीहरु रातको समयमा र उज्यालो हुनुभन्दा अगाडिको समयमा स्पष्ट देखिन्छन । मिथुन उल्काहरु उज्यालो र पहेँलो रङ्गमा देखिन्छन् । यी उल्काहरु ७९ हजार माइल प्रती घण्टाका दरले द्रुत गतिमा घुमिरहेका हुन्छन । नासाका अनुसार यी उल्काहरु सबैभन्दा भरपर्दो हुने र राम्रो अवस्थामा एक घण्टामा करिब १२० वटा उल्काहरु देख्न सकिनेछ । एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्

Screenshot