Logo

कांग्रेस आईले दिएको चुनाव खर्च उर्मिलाले कोषमा दान दिएपछि…



एजेन्सी, २२ पुस । बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले निरन्तर पार्टी बदलिरहेकी छिन् । हालै शिव सेनामा आवद्व भएकी उर्मिलाले कांग्रेस आईद्वारा चुनावमा खर्च गर्ने रकमलाई मुख्यमन्त्री राहत कोषमा दान दिएपछि उक्त विषयले चर्चा पाएको छ । उनले गत वर्षको जूलाई महिनामा कांग्रेसद्वारा चुनाव लड्न दिएको रकम २० लाख रुपैँया मुख्य मन्त्री कोषमा प्रदान गरेकी हुन् ।

लोकसभा चुनावमा खर्च गर्न महाराष्ट्र प्रदेश कांग्रेस कमिटीले उनलाई सन् २०१९ मा ५० लाख रुपैँयाया प्रदान गरेको थियो । उनले सन् २०१९ मा कांग्रेसको उम्मेदबारी सम्हाल्दै उत्तर मुम्बईबाट लोकसभाको लागि लडेकी थिइन् । उनलाई बिजेपीका उम्मेदबार गोपाल सेट्टिले हराएका थिए । चुनावको समयमा कांग्रेस कमिटीले ५० लाख उनको खातामा रखेको थियो । कुनै पनि पार्टीले आफ्नो उम्मेदबारलाई चुनावको बेला दिने रकम खर्च गर्न दिने गर्दछ ।

रकम खर्च नभए सो रकमलाई उम्मेदवारले पुनः पार्टीलाई दिनु पर्ने प्रावधान हुने गर्दछ । तर, उर्मिलाले सो रकम पार्टीलाई नदिइ कोषमा दिएकी छिन् । यस विषयमा उर्मिलाले भनिन्, ‘मैलै कांग्रेसबाट पाएको रकमलाई कोषमा प्रदान गर्न कांग्रेस कमिटीको आज्ञा लिएकी हुँ । तपाइहरु इस विषयमा कांग्रेस कमिटीका सदस्यहरुलाई सोध्न सक्नु हुनेछ ।’ उर्मिलाले मुख्यमन्त्री राहत कोषमा रकम प्रदान गर्ने जानकारी गराएको कांग्रेस कमिटीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot