Logo

यस्तो चामलले क्यान्सरको खतरा बढाउन सक्छ



चामल विश्वकै प्रमुख खाद्यवस्तु हो । अन्य अन्नबालीहरुको तुलनामा चामलमा उच्च मात्रामा आर्सेनिक रहेको हुन्छ । बढी आर्सेनिक भएको चामलले फोक्सोकोे क्यान्सर र पत्थरीको क्यान्सर निम्त्याउँछ । धेरैजसो क्यान्सरहरु वातावरणीय कारणले हुन्छ भने केही क्यान्सरहरु आनुवंशिक कारणले हुन्छ ।

आर्सेनिक प्राकृतिक रुपमा पाइने एक धातु तत्व हो । आर्सेनिक पानी, हावा र माटोमा पाइन्छ र यसको केही मात्रा अन्नबालीहरुले विकास हुने क्रममा लिएका हुन्छन् । आर्सेनिकलाई इनअर्गानिक र अर्गानिक गरी दुईवटा क्षेत्रमा विभाजन गरिएको छ । अर्गानिक आर्सेनिक रसायनका रुपमा हुन्छ , जो धान उब्जने ठाउँमा भेटिदैन । तर इनअर्गानिक आर्सेनिक विषयुक्त रुपमा हुन्छ ।

नयाँ अध्ययनका अनुसार सेतो चामलको तुलनामा खैरो चामलमा बढी आर्सेनिक हुन्छ, भने यी दुवै चामलको तुुलनामा बासमती चामलमा धेरै कम मात्रामा आर्सेनिक रहेको हुन्छ । तसर्थ हाम्रो स्वास्थ्यको लागी बासमती चामल खानु उपयुक्त हुन्छ । अन्य चामलको उपयोग गर्दा त्यसमा रहेको आर्सेनिक हटाएर उपयोग गर्न सकिन्छ । चामलमा रहेको आर्सेनिकको मात्रा घटाउन पहिला चामललाई पाँच मिनेट सफा पानीमा उमाल्नुपर्छ र उक्त चामललाई पुनः सफा पानी प्रयोग गरी पकाउनुपर्दछ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot