
काठमाडौं, २३ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय १२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५६ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।