Logo

विषालु भ्यागुता



सुनहरी विषालु भ्यागुता विश्वकै सबैभन्दा बढी विषयुक्त उभयचर प्राणी हो । यसको वैज्ञानिक नाम फाइलोबेट्स टेरीबिलिस हो । यो भ्यागुतामा विषाक्त छाला हुने हुदा यो सबैभन्दा बढी प्रसिद्ध छ । यसलाई खतरामा परेको जीवको सुचीमा राखिएको छ ।

सुनहरी विषालु भ्यागुता प्रशान्त महासागरको किनारा नजिक रहेको दक्षिण अमेरिकी देश कोलम्बियामा पाइन्छ । यो धेरै पानि पर्ने र न्यानो तापक्रम भएको ठाउमा पाइन्छ । यसले कमिला, मौरी, झिङ्गा जस्ता किराहरु खान्छ । यसले आफ्नो खाना खादा टाढा भएको खानालाई पनि आफ्नो लामो जिब्रोको प्रयोग गरी खान्छ ।

सुनहरी विषालु भ्यागुताको विष धेरै खतरनाक हुन्छ । एउटा भ्यागुतामा दस जना मानिसलाई मार्न सक्ने धेरै विषको क्षमता हुन्छ । यसको विषलाई क्षारीय विष भनिन्छ र यो विष भ्यागुताको पुरै छालामा पाइन्छ । यो भ्यागुतालाई छुनेबित्तिकै विष लागेर मरीन्छ । सुनहरी विषालु भ्यागुता धेरै विषालु भएका कारण यसलाई विश्वकै घातक जनावरको रुपमा लिइएको छ ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्