Logo

काँग्रेसद्वारा ३ सय ३० ठाउँमा प्रदर्शन



काठमाडौं, २५ पौष । नेपाली काँग्रेसले देशभरका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा निरन्तर प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गराउने कदमविरुद्ध काँग्रेसले दोस्रो चरणको आन्दोलन अन्र्तगत देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको हो ।

काठमाडौं उपत्यकाका प्रदेशसभा क्षेत्रका मुख्य चोकहरुमा काँग्रेस नेता कार्यकर्ता भेला भएर प्रदर्शनमा सहभागी भएका छन् । ललितपुरको क्षेत्र नं २ क को प्रदर्शन इमाडोलमा भएको छ । कृष्णमन्दिर अगाडि काँग्रेस नेता तथा कार्यकर्ता प्रदर्शनमा सहभागी भए ।

काठमाडौंको बिजुली बजार, तीनकुने, लाजिम्पाट, विशालनगर, चपली, कपनलगायतका स्थानका मुख्य चोकहरुमा प्रदर्शन हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot