Logo

उत्तर कोरियाली नेता किमले भनेः अमेरिका सबैभन्दा ठुलो दुश्मन



एजेन्सी, २५ पौष । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई सबैभन्दा ठुलो दुश्मन भनेका छन् । उनले अमेरिकामा जोकोही राष्ट्रपति भएपनि वासिङ्टनको उत्तर कोरियाप्रतिको नीति परिवर्तन हुने आशा गर्न नसकिने समेत बताएका छन् । उनले अमेरिका उत्तर कोरियाको प्रगतिको प्रमुख बाधक समेत भएको टिप्पणी गरे ।

उत्तर कोरियाको सत्तारुढ वर्कश पार्टीको कँग्रेसलाई सम्बोधन गर्दै किमले आणविक र सैन्य क्षमता वृद्धि गर्ने समेत दृढता व्यक्त गरेका छन् । आणविक पनडुब्बीको योजना पनि अन्तिम अवस्थामा पुगिसकेको बताए ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको ठाउँमा जोय वाइडेन आउँदै गर्दा किमको पछिल्लो भनाई सार्वजनिक भएको हो । किमले ट्रम्पसँग निकै राम्रो सम्बन्ध बनाएका थिए । दुई नेताबीच सम्झौता समेत भएको थियो । ट्रम्प उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति समेत बनेका थिए ।-तस्बिरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्