Logo

चार पूर्व प्रधानन्यायाधीशले अदालतलाई धम्क्याउन खोजेको प्रधानमन्त्री ओलीका आरोप



काठमाडौं, २५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना पूर्व प्रधानन्यायधीशहरुले अदालतलाई धम्क्याउन खोजेको आरोप लगाएका छन् । आज युवा संघको भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा बिघटन गराउने कदमलाई असंवैधानिक भन्ने पूर्व प्रधानन्यायाधीशहरुमाथि यस्तो आरोप लगाएका हुन् ।

‘सर्वोच्च अदालतको सर्वोच्च पदमा रहेकाहरुले अदालतलाई धम्क्याउने, गुमराहमा पार्ने र अलमलाउने गर्न पाउँदैनन्,’ ओलीले कडा शब्दमा प्रश्न गरे, ‘सडकबाट फैसला दिने कि संवैधानिक इलसासबाट ?’ न्याय र संविधानको कुरा गर्नेले स्वतन्त्र न्यायालको कदर नगरेको आरोप लगाए ।

शुक्रबार सर्वोच्च अदालतका चारजना पूर्व न्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले संयुक्त वक्तव्यमार्फत् प्रतिनिधिसभा बिघटनको कदमलाई असंवैधानिक भनेका छन् । यसले राजनीतिकवृत्तमा तरंग ल्याएको थियो । अदालतलाई धम्क्याउने र गुमराहमा पार्ने कदम भइरहेको भन्दै ओलीले त्यो सह्य नहुने बताए ।

अदालतमा इजलास नै यस्तो र उस्तो चाहियो भन्ने क्रम चलेको भन्दै असन्तुष्टि जनाए । संसद बिघटनविरुद्धका गतिविधि गर्नेहरुलाई हण्डीबाट चलेको आरोप लगाए । ओलीले संसद बिघटनको पटक पटक बचाऊ गरे ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot