Logo

चीन र भारतबाट आउँछन् जान्छन्ः प्रधानमन्त्री ओली



काठमाडौं, २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र भारतबाट कोही आउँदैमा हल्ला मच्चाउनुपर्ने कारण नभएको टिप्पणी गराएका छन् । आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले संवादका लागि आउनु जानुलाई अन्यथा लिनुनपर्ने बताए ।

‘चीनबाट आउँछन् संवाद गर्छन् जान्छन्, भारतबाट आउँछन् संवाद गर्छन् जान्छन्,’ ओलीले भने,‘हित चिताएर जान्छन् ।’ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मन्त्रालयका उपमन्त्री गुओ यचौको नेतृत्वको टोली र भारतबाट केही महिना अघि गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयलले गरेको भ्रमणबारे विभिन्न टिकाटिप्पणी भइरहँदा प्रधानमन्त्री ओलीको पछिल्लो भनाई आएको हो ।



प्रतिक्रिया दिनुहोस्