एजेन्सी, २६ पुस । उत्तर कोरियाली नेता किम जोङ उनले रुस र चीनसितको सम्बन्धलाई प्रगाढ बनाउने योजना बनाइरहेको बताएका छन् । उनले कोरियाको वर्कर पार्टीको आठौँ सभालाई सम्बोधन गर्दै सम्बन्ध प्रगाढ बनाउने योजना सार्वजनिक गरेका हुन् ।
उत्तर कोरियाले मस्को र बेजिङसितको सम्बन्धलाई विस्तार गर्न तयारी थालेको र उक्त देशहरुबाट समेत सकारात्मक सन्देश आइरहेको किमले बताए । किमले उत्तर कोरियाको सबै भन्दा दुश्मन अमेरिका रहेको समेत जनाएका थिए । उनले भने,‘अमेरिकी सरकारको नेतृत्व जो सुकैले गरेपनि वाशिङटनको नीति उत्तर कोरियाप्रति उस्तै रह्नेछ ।’ कोरियाले आणवीक हतियारहरुको विकासलाई निरन्तरता दिन र नयाँ आणवीक हतियारहरु निर्माण गर्न लागि परेको समेत किमले बताए । उत्तर कोरियाले हाइपर सैनिक हतियार र आणवीक हतियारका लागि पनडुब्बी निर्माण गर्ने भएको जनाइएको छ ।-Photo: Agency