Logo

सुन्तला रंगको जोडी बाघबाट सेतो रंगको डमरु जन्मिएपछि…



एक हप्ता अगाडि भारतको निकारागुआ चिडियाखानामा दुर्लभ सेतो रंगको बाघको डमरुको जन्म भयो । डमरुको सेतो रंग भएका कारण यसको आमाले नचिने पछि यसलाई मानिसले पालेका छन्

डमरुको नाम नीभ राखिएको छ । यसको अर्थ स्पेनीस भाषामा हिँउ भन्ने बुझिन्छ । यो सेतो रंगको छ तर यसका आमाबुवा दुवै बंगाली सुन्तला रंगका छन् ।

सेतो बाघ बंगाली बाघ (प्यान्थ्रा टिग्रिस टिग्रिस) को दुर्लभ रुप हो । यसका उप–प्रजातीहरु भारत, बंगलादेश, नेपाल र भुटानमा पाइन्छन् । तिनीहरु छुट्टै प्रजाती होइनन् तर सेतो रंगमा देखिनु भनेको एक्लो जीनमा भएको अव्यवस्थित उत्परीवर्तनको परिणाम हो । भनेको अर्थ यस्तो विशेषता देखाउन जीनको दुईवटा प्रतिलिपीहरुको आवश्यकता पर्छ । भनी लाइभ साइन्समा रिपोर्ट गरिएको थियो ।

सन् २०१३ मा चिनका अनुसन्धानकर्ताहरुको समुहले सेतो रंग विशेषताको लागी एस.एल.सी५ए२ पिग्मेन्ट जीन जिम्मेवार हुन्छ भनी पत्ता लगाएको करेन्ट बायोलोजी पत्रिकामा प्रकाशित गरिएको थियो । सेतो बाघाले यस जीनको भिन्नता बोकेको हुन्छ जसले रातो र पहेँलो रंगको बाघको जन्म हुनबाट रोक्छ र तिनीहरु मिलेर सुन्तला रंगको सनातन बाघको जन्म हुन्छ ।

यदी बाघमा एस.एल.सी ५ ए २ पिग्मेन्ट जिन भएन भने सेतो रंगको बाघको जन्म हुन्छ । तर यस जीनको भिन्नताले कालो पिग्मेन्टलाई रोक्न सक्दैन त्यसैले सेतो बाघमा कालो पट्टीहरु देखिएको हुन्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot