Logo

ट्राफिक नियम मिचेर भाग्ने दिन गए, जहींतहीं सडकमा विशेष क्यामरा जडित सवारीको निगरानी



काठमाडौं, २६ पौष । विगतमा जस्तो ट्राफिक नियम उल्लंघन गरेमा कसैले देख्दैन भन्ने अब नठान्नुहोला । तपाईं सडकमा जहाँ कहीं ट्राफिक प्रहरीको निगरानीमा हुनुहुनेछ । यदि नियम उल्लंघन गरेमा क्यामरामा कैद गरी कारबाहीका लागि बोलाउन सक्छ । यस्तो प्रविधि ट्राफिक प्रहरीले भित्राएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज विशेष क्यामेरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन शुरु गरेको छ । यसले ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई जुनसुकै वेला जहाँ पनि निगरानी गर्न सक्नेछ । यसको अग्रभागमा ४ वटा सिसिटीभी क्यामरा जोडिएको छ । क्यामराले २ सय मिटर अगाडिसम्मको दृश्यलाई कैद गर्न सक्नेछ ।

भ्यानमा ५ जनासम्म ट्राफिक प्रहरी बसेर सवारी आवागमनको नियमित नियमन गर्ने प्रहरीले जनाएको छ । भ्यानिभित्रै सञ्चार सेट, कम्प्युटर, राडार गन, प्राथमिक उपचारको साधन समेत रहेको छ । भ्यानले पिक आवरमा विशेष निगरानी गर्ने जनाइएको छ ।

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्