Logo

ओलीले पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै प्रचण्ड-माधव सचिवालयको आपत्ती



पुष २६, काठमाण्डौ । नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद विघटनका विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले धम्क्याएको भन्दै आपत्ति जनाएको छ । पेरिसिडाडामा आइतबार बसेको सो समूहको सचिवालय बैठकले ४ जना पूर्व प्रधानन्यायाधीशहरूले संसद विघटनका विषयमा प्रतिक्रिया दिएपछि ओलीले धम्की दिएको भन्दै उक्त कार्यको प्रतिवाद गर्दै कडा शब्दमा भत्र्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । वैयक्तित स्वतन्त्रता र संवैधानिक अधिकारको हनन भएको भन्दै त्यसको रक्षाका लागि बैठकले अपील गरेका उनले जानकारी दिए ।

बैठकले सबै नागरिक समाज, पार्टी, सबै सचेत र प्रबुद्ध व्यक्तिमाथिको हमलालाई एकजुट भएर परास्त गर्ने आह्वान गर्ने निर्णय गरेको उनले बताए । बैठकले ओलीले सरकारी सञ्चारमाध्यमको दुरुपयोग गरेको भन्दै तत्काल त्यो कार्य रोक्न मागसमेत गरेको छ । श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको बताए । दाहालको भारत भ्रमणको कुरा नितान्त आफ्नो परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको श्रेष्ठले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्