Logo

देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौंः पूर्व राजा ज्ञानेन्द्र शाह



काठमाडौं, २६ पौष । पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा देश जोगाउने चुनौती आएको बताएका छन् । उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने क्रियाकलाप भित्रिएको समेत बताएका छन् ।

‘हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहिन अनुकूल छ त्यसको समिक्षा हुन अब बिलम्ब भैसकेको छ,’ पूर्व राजाले पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा २७ पौषको मिति राखेर जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौं ।’

पूर्व राजा शाहले शाहवंशीय राजाहरुले राजगद्दी त्याग्ने सम्मको साहस र इमान्दारी दर्शाएको स्मरण गराएका छन् । उनले शाहवंशीय राजाहरुले सक्रिय भुमिका मात्र निर्वाह गरेको नभई संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार गरेको बताएका छन् । उनले पृथ्वीनारायण शाहले नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरेको तथ्य समेत उल्लेख गरेका छन् । नेपालको निर्माणमा हरेक जातीय, भाषिक र सांस्कृतिक समुदायको विशिष्ठ योगदान रहेको समेत बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot