Logo

सनराइज बैंकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा विशेष छुट



काठमाडौं, पुस २७ । सनराइज बैंक लिमिटेडले लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टसँग ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

विभिन्न क्षेत्रमा ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले बैंक र दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टबिच सम्झौतापत्रमा  हस्ताक्षर भएको हो ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा खाना र बेबरेज (beverages)सुबिधाको सनराइज बैंकको क्रेडिट,डेबिट कार्ड र QR को माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।
बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot