Logo

चन्द्रागिरी हिल्सको आईपीओमा आज साझसम्म आवेदन दिन सकिने



काठमाडौं, २८ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणको लागि निष्कासन तथा बिक्रि खुला गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन हो । हिल्सले पुस २४ गते देखि २८ गतेसम्म आवेदन दिन सकिने १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको शेयर निष्कासन तथा बिक्रि खुला गरेको थियो ।

१५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको कुल शेयरमध्ये ४ प्रतिशत वा ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत वा ७६ हजार ७०५ कित्ता सामुहिक लगानीकोषहरुको लागि छुट्टाइएको छ ।

कम्पनीको शेयरमा १० लाख ६७ हजार ८९३ वटा आवेदनबाट २ करोड १० लाख ५२ हजार ३२० कित्ता आवेदन परेको छ । २ अर्ब १० करोड ५२ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन परेको हिल्सले जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो सर्वसाधारणलाई निष्कासन गरेको १३ लाख ९६ हजार कित्ताको १५.०८ गुणा बढी हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot