Logo

प्राइम लाइफको १५ प्रतिशत प्रस्तावित लाभांश पारित



काठमाडौं, २८ पुस । प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत प्रस्तावित लाभांश पारित गरेको छ । सोमबार बसेको कम्पनीको १३ औं साधारण सभाले संचालक समितिले पेस गरेको १५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

सभाले ०७५/०७६ आव को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद करसहित गरेर कुल १५ प्रतिशत लाभांश पारित गरेको जनाएको छ । उक्त बोनसपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्