Logo

हातहतियार सहित चार जना पक्राउ



काठमाडौं, २८ पुस । हातहतियार सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाजुराको बडिमालिका नगरपालिका–३ रजालीबाट ३ नाल भरुवा बन्दुक, भरुवा बन्दुकमा लाग्ने फलाम काटेर बनाएको ३९ वटा टुक्रा, ४ डिब्बा बारुद, फलामको बन्दुकको १ थान नाल र भरुवा बन्दुकको १ थान चाप सहित ४ जना सोमबार साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बडिमालिकाका ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय बीरभाने ल्वार, सोही नगरपालिका बस्ने ३० वर्षीय बल बहादुर थापा र ३० वर्षीय डम्बर थापा रहेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot