Logo

२४ घन्टामा देशभर ४३० संक्रमित थपिए



काठमाडौं, २८ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ सय ९० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५९ हजार ३ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्