Logo

नागरिक लगानी कोषको शेयर आजदेखि बिक्रि खुल्ला



काठमाडौं, २९ पुस । १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर नागरिक लगानी कोषले आजदेखि बिक्रि खुल्ला गरेको छ । पुस १३ गते सम्म कायम शेयरधनीले मात्र प्रतिकित्ता १०० रुपैयाँको दरले हकप्रद शेयरमा आवेदन दिन सक्ने कोषले जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले कोषको शेयरमा माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कोषको हकप्रद निष्काशन तथा बिक्रि प्रबन्धकमा आरबीबी मर्चेन्ट र्बैकिङ लिमिटेड रहेको छ । सि–आस्वाको माध्यमबाट आवेदन दिन सकिने कोषले जनाएको छ । कोषको हाल १ अर्ब ६४ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । शेयर बिक्रिपछि कोषको चुक्तापुँजी ३ अर्ब पुग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्