Logo

अमेरिकी विदेशमन्त्री पम्पिओले अल–कायदाको नयाँ घर इरान हो भनेपछि…



एजेन्सी, २९ पुुस । अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले विना प्रमाण अल–कायदाको नयाँ घर इरान रहेको बताएका छन् । उनले मंगलबार वाशिङटनमा भाषणको दौरान यस विषयमा बताएका हुन् । पम्पिओ भने,‘ अल–काइदाले आफ्नो नेतृत्वलाई तेहरानबाट सञ्चालन गरिरहेको छ । त्यस संगठनका उप–नेता आइमान–अल–जवाहिरी तत्काल तेहरान मै छन् ।’

जब ओसामा बिन लादेनले आणवीक हतियारको सम्झौता फ्रान्स, जर्मनी र ब्रिटेन संग हस्ताक्षर गरेको थियो त्यसबेला तेहरान र अल–कायदाले आफ्नो सम्बन्धलाई सुधार्न २०१५ मा सम्झौता गरेको थियो । सिया संगठनले इरानलाई चलाइरहेको र सुन्नी अल काइदाको प्रभुत्व उक्त क्षेत्रमा रहेको पम्पिओले बताएका छन् । इरानी इन्टेलिजेन्स र कांग्रेससितको अल–कायदाको समन्यव नयाँ उचाईमा रहेको बेला अल– कायदाले इरानी क्षेत्रमा रही आफ्नो सम्पूर्ण गतिविधिलाई निरन्तरता दिइरहेको समेत उनले जनाएका छन् । उनले भने, ‘म यो भन्न चाहन्छु कि इरान नयाँ अफगानिस्तानको रुपमा उभ्रिरहेको छ । यो अल–कायदाको मुख्य हबको रुपमा देखापरिरहेको छ । तर, यो दयनिय विषय हो ।

जसरी अल–कायदा अफगानिस्तानको पहाडी इलाकामा रही आफ्नो संगठन सञ्चालन गरेको थियो ।त्यसैगरी अहिले अल–कायदाले आफ्नो सुरक्षाको निम्ती इरानलाई प्रयोग गरिरहेको छ ।’ तेहरानलाई अत्याधिक मात्रामा दवाब अमेरिकाले दिइरहेको समेत बताएका थिए । गतिविधि अनियन्त्रीत भए अमेरिकाले उक्त क्षेत्रहरुमा आफ्नो शैन्य उपस्थिती जनाउने र आइपरे इरानविरुद्व पनि अमेरिकी शैनिक तैनाथ गरिने विषयमा उनले अवगत गराए ।

अमेरिकी बिधान २००१ अनुसार अल–कायदाविरुद्व अमेरिकाले आफ्नो शैनिक पृथ्वीको जुनसुकै ठाउँमा स्थापित गर्ने सक्ने जनाइएको छ । अल–कायदा उक्त क्षेत्रमा रहेको प्रमाणित भएसंगै अमेरिकी कँंग्रेसले उक्त क्षेत्रमा हमला गर्ने व्यवस्था समेत रहेको जनाइएको छ । जनवरी २०२० मा अमेरिकी कँग्रेसले इरानी मेजर कासिम सोलेमानिको हत्या समेत उक्त विधानबाट गरेको समेत जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot