Logo

बैंक तथा वित्तीय संस्था मर्जर-प्राप्ति प्रक्रियामा



काठमाडौं, माघ १। हालसम्म २ सय ११ ओटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्तिमा सहभागी भइसकेका छन् भने अझै केही बैंक वार्षिक साधारणसभा (एजीएम)मा धमाधम मर्जरको प्रस्ताव लगिरहेका छन् ।नेपाल राष्ट्र बैंकले केही वर्षयता बैंकको संख्या घटाउन दबाब दिइरहेकाले बैंकहरूले मर्जर प्रस्तावमा जोड दिएका हुन् ।

आगामी माघ ९ गते मर्जर प्रस्तावसहित एजीएम बोलाएको एनसीसी बैंकले एजीएमबाट स्वीकृत भएपछि जोडदारका साथ मर्जरमा जुट्ने बताएको छ । एनसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल बैंक मर्जर गर्ने पक्षमा भए पनि कुनसँग गर्ने पूर्वतयारी भने नभएको बताउँछन् । तर, सीईओ अर्याल वाणिज्य बैंकहरू मर्जर भएर घट्नुपर्ने पक्षमा छन् ।

‘एजीएमले मर्जर प्रस्तावलाई स्वीकार गरेर सञ्चालक समितिलाई अधिकार दिएपछि बल्ल अगाडि बढ्छौं । वाणिज्य बैंकहरू मर्जरबाट घट्नुपर्छ । तर, हामी कुन बैंकसँग मर्जरमा जाने भन्ने टुङ्गो भएको छैन,’ उनले भने । एनसीसी बैंक र नबिल बैंक मर्जर हुने हल्लाले एनसीसीको शेयर मूल्य र कारोबार बढेको थियो ।

हिमालयन बैंकले मर्जरको प्रस्ताव पारित गरेको छ । लामो समयदेखि विभिन्न वाणिज्य बैंकहरूसँग मर्जरका लागि अनौपचारिक छलफलमा बैंक जुटेको छ । तर, कुनसँग हुने अभैm पक्का छैन । यद्यपि नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुने सम्भावना अधिक भएको बताइएको छ । हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम कुनै एक वाणिज्य बैंकसँगै मर्जमा जाने बताउँछन् । ‘विभिन्न वाणिज्य बैंकहरूसँग मर्जरका लागि कुरा चलिरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग पनि कुरा चलिरहेको छ । एमओयू नभएसम्म निश्चित हुँदैन,’ अध्यक्ष गौतमले भने ।

नेपाल इन्भेष्टमेन्ट बैंकले भने गत चैत ३० गते सिटी एक्सप्रेसलाई प्राप्ति गर्न केन्द्रीय बैंकबाट सैद्धान्तिक सहमति (एलओआई) पाएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरू गराएपछि कुल २ सय ११ बैंक तथा वित्तीय संस्थाहरू मर्जररप्राप्ति प्रक्रियामा सामेल भएका थिए । तीमध्ये १ सय ५९ संस्थाहरूको इजाजत खारेज भएको छ । खारेजपछि ५२ संस्था कायम भएका छन् ।

अझै ३३ ओटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसमध्ये तीन ओटा वाणिज्य बैंकले अन्य संस्थालाई गाभ्न लागेका छन् । सिटिजन्स बैंकले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई, सनराइज बैंकले सृजना फाइनान्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई गाभ्ने प्रक्रिया शुरू गरेका छन् । यसैगरी तीनओटा विकास बैंक, दुईओटा वित्त कम्पनी र २५ ओटा लघुवित्त वित्तीय संस्था मर्जर तथा प्राप्तिको प्रक्रियामा छन् ।
कुनै समय ९० ओटाभन्दा बढी भएको लघुवित्तको संख्या गत कात्तिकसम्म घटेर ७६ ओटामा सीमित छ । अझै २५ संस्था मर्ज प्रक्रियामा छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot