Logo

मुक्तिनाथ विकास बैंकको लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा



काठमाडौं, ४ माघ । मुत्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा भएको जनाएको छ । शेयरधनीहरुको खातामा ४.२५४७ प्रतिशत नगद लाभांश जम्मा भएको हो ।

पुस २५ गते सम्पन्न भएको साधारण सभाले उक्त लाभांश पारित गरेको थियो । बैंकले पुस १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा उक्त लाभांश जम्मा गरिदिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot