Logo

रुसमा कोरोना भाइरसविरुद्ध सबै नागरिकका लागि खोप अभियान सुरु



एजेन्सी, ५ माघ । रुसका सबै नागरिकका लागि कोरोना भाइरस विरुद्वको खोप अभियान सुरु भएको छ । सोमबारदेखि रुसमा भाइरसविरुद्धको खोप अभियान सुरु गरिएको हो । यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी लगायत कोरोनाविरुद्धको अग्रपंक्तिमा काम गर्नेलाई खोप दिइसकिएको छ ।

रुसी नागरिकलाई दूई खोप ‘स्पुतनीक भी’ र ‘एपिभ्याककोरोना’ मध्ये एक खोप चाहेअनुसार प्रयोग गर्न सक्ने जनाइएको छ । जनवरी १३ मा रुसी राष्ट्रपति पुटिनले व्यापक मात्रामा खोप अभियानलाई सुचारु गर्न निर्देशन दिएका थिए ।

नागरिकका लगि जनवरीको अन्त्य भित्र २१ लाख डोज प्रयोगमा ल्याइने उप–प्रधानमन्त्री तातयाना गोलीकोभाले प्रतिबद्धता व्यक्त गरेका छन् । ६० प्रतिशत रुसी नागरिकलाई यस वर्ष खोप लगाइसक्ने कनज्युमर राइट प्रोटेक्शनकी प्रमुख एना पोपोभाले जनाएकी छिन् । रुसमा दूई खोपलाई मान्यता सरकाले दिइसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot